एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १२ गते
एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
AdvertisementAds

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै, सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद ल्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र हकप्रद प्रस्तावसहित एनआरएनले पुस १२ गते साधारण सभा बोलाएको छ । सभा आम्रापाली ब्यांकेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स