instainsta

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा ढुङ्गाना नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १७ गते
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा ढुङ्गाना नियुक्त
AdvertisementAds

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई अध्यक्षमा मनोनयन गरेको छ। चैत १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सोही मितिदेखि लागू हुने गरी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत ढुङ्गानाले अब अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पनि रहिसकेका ढुङ्गानाले नेपाल राष्ट्र बैंकको गभर्नर पदको तयारीका लागि सीईओ पदबाट राजीनामा दिएका थिए। उनीसँग ३० वर्षभन्दा बढी बैंकिङ अनुभव छ र उनी नेपाल बैंकर्स संघको अध्यक्ष पनि बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स