एनआरएन इन्फ्रास्ट्रक्चरले आयु मोलुन खोला आयोजनामा १० लाख कित्ता सेयर लगानी गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चरले आयु मोलुन खोला आयोजनामा १० लाख कित्ता सेयर लगानी गर्ने
Advertisement Ads

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आयु मोलुन खोला जलविद्युत् आयोजना (२१ मेगावाट) मा संस्थापक सेयरमार्फत लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको जानकारीअनुसार, साउन १९ गते दिउँसो ३:१५ बजे बसेको सञ्चालक समितिको बैठकले आयु मोलुङ हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकास्थित निर्माणाधीन आयु मोलुन खोला जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँका दरले १० लाख कित्ता संस्थापक सेयरमा लगानी गर्नेछ। यसअनुसार कम्पनीको प्रस्तावित लगानी १० करोड रुपैयाँ बराबर हुनेछ।

Screenshot 5 8 2026 14059 www.nepalstock.com .np https://bajarkochirfar.com/nrn-infrastructure-to-invest-1-million-shares-in-ayu-molun-khola-project | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स