insta insta

एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्दै

एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्दै
Advertisement Ads

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले अपर म्याग्दी जलविद्युत आयोजनामा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर र अपर म्याग्दी जलविद्युतबीच बुधबार लगानीसम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार एनआरएन इन्फ्रास्ट्रक्चरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। यस लगानीबाट एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युत कम्पनीमा ४.३५ प्रतिशत स्वामित्व हासिल गर्नेछ।

कम्पनीका अनुसार उक्त लगानी तीन चरणमा गरिनेछ। अपर म्याग्दी जलविद्युत आयोजना ५३.५ मेगावाट क्षमताको रहेको छ।

Screenshot 2026 01 15 144101 https://bajarkochirfar.com/nrn-infrastructure-to-invest-rs-100-million-in-upper-myagdi-hydropower | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स