instainsta

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा उछाल, प्रतिसेयर आम्दानी १४ रुपैयाँ पुग्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा उछाल, प्रतिसेयर आम्दानी १४ रुपैयाँ पुग्यो
AdvertisementAds

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८७.८३ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष कम्पनीको नाफा ८८ लाख रुपैयाँमा सीमित भएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३३७.८६ प्रतिशतले बढेर ६ करोड २१ लाख रुपैयाँ पुगेको छ। यता कम्पनीको खर्चमा पनि वृद्धि भएको छ।  कम्पनीको खर्च १०३.११ प्रतिशतले बढेर ४७ लाख रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड २३ लाख रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा १५ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४९ पैसा रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स