SHAREHUBSHAREHUB

इमर्जिङ नेपाल लिमिटेडको नाफामा ६५ प्रतिशत बढीको गिरावट

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
AdvertisementAds
इमर्जिङ नेपाल लिमिटेडको नाफामा ६५ प्रतिशत बढीको गिरावट
AdvertisementAds

इमर्जिङ नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समिक्षा अवधिमा कम्पनीको नाफामा ठूलो गिरावट देखिएको छ। कम्पनीले यो अवधिमा ६ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६५.६० प्रतिशतले कम हो। गत वर्ष यो अवधिमा कम्पनीले १९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो।

आम्दानीमा गिरावट आउँदा नाफा घटेको हो। समीक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ३७ लाख ८७ हजार रुपैयाँबाट घटेर १४ लाख १९ हजार रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि १३ लाख ८६ हजार रुपैयाँमा सीमित रहेको छ। कर्मचारी खर्च भने बढेको छ। 

इमर्जिङ नेपालको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ४२ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ९२ पैसाले घटेर ०.४८ रुपैयाँमा झरेको छ। यसको प्रतिसेयर नेटवर्थ १११.५६ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स