इमर्जिङ नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समिक्षा अवधिमा कम्पनीको नाफामा ठूलो गिरावट देखिएको छ। कम्पनीले यो अवधिमा ६ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६५.६० प्रतिशतले कम हो। गत वर्ष यो अवधिमा कम्पनीले १९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो।
आम्दानीमा गिरावट आउँदा नाफा घटेको हो। समीक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ३७ लाख ८७ हजार रुपैयाँबाट घटेर १४ लाख १९ हजार रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि १३ लाख ८६ हजार रुपैयाँमा सीमित रहेको छ। कर्मचारी खर्च भने बढेको छ।
इमर्जिङ नेपालको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ४२ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ९२ पैसाले घटेर ०.४८ रुपैयाँमा झरेको छ। यसको प्रतिसेयर नेटवर्थ १११.५६ रुपैयाँ रहेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया