आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।
उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिकृया