एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। क्यापिटलको १०औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ।
क्यापिटलको सञ्चालक समितिको १७४औँ बैठकले गरेको निर्णयअनुसार वार्षिक साधारणसभा २०८३ भदौ २६ गते शुक्रबार आयोजना हुँदैछ। साधारणसभा क्यापिटलको थापाथली, काठमाडौंस्थित रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्तावसमेत पेस हुनेछ। यससँगै सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पुँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि छलफल गरी स्वीकृति प्रदान गरिनेछ।
क्यापिटलका अन्य प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ।

प्रतिकृया