instainsta

अरुण भ्याली हाइड्रोपावरको नाफा ७२० प्रतिशतले बढ्यो, ईपीएस १२.१२ रुपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
अरुण भ्याली हाइड्रोपावरको नाफा ७२० प्रतिशतले बढ्यो, ईपीएस १२.१२ रुपैयाँ
AdvertisementAds

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण भ्याली हाइड्रोपावरले खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ। यस अवधिमा कम्पनीको खुद नाफा ७२०.५३ प्रतिशतले बढेर ११ करोड ३२ लाख ३३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ३८ लाख रुपैयाँ मात्र थियो।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा ४८५.५७ प्रतिशत वृद्धि भई ७ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुगेको छ। यसअघि, अघिल्लो वर्षको सोही अवधिमा यो आम्दानी १ करोड ३२ लाख ३५ हजार रुपैयाँ मात्र थियो। यस्तै कम्पनीको वित्तीय खर्च पनि ४३.६३ प्रतिशत घटेर ३ करोड ६९ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १२ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स