लाभांश संशोधन गर्दै अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश संशोधन गर्दै अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ। विद्युन नियम आयोगले कम्पनी सञ्चालक समितिको यसअघिको प्रस्तावलाई संशोधन गर्दै कुल लाभांश ८.४२१ प्रतिशतबाट घटाएर ५.२६३ प्रतिशत गर्ने निर्णय गरेको हो। यसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश समावेश छ।

यो लाभांश अनुमोदन गर्न कम्पनीले पुस ३० गते २८ औँ वार्षिक साधारण सभा डाकेको छ। लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरूमात्रै लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स