अघिल्लो वर्ष ५७ लाख नाफामा रहेको अरुण भ्यालीको नाफा अहिले ३४ करोड नाघ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २५ गते
अघिल्लो वर्ष ५७ लाख नाफामा रहेको अरुण भ्यालीको नाफा अहिले ३४ करोड नाघ्यो
AdvertisementAds

अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५७९९.८७ प्रतिशतले बढेर ३४ करोड १८ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा को विद्युत बिक्री आम्दानी ६ करोड १ लाख रुपैयाँबाट २२८.२४ प्रतिशतले बढेर १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यता, कुल खर्च २१ करोड ८३ लाख रुपैयाँबाट घटेर १० करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स