लाभांश पारित गर्न कहिले बस्दैछ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको साधारण सभा ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३० गते
लाभांश पारित गर्न कहिले बस्दैछ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको साधारण सभा ?

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले पुस १९ गते १६औं वार्षिक साधारण सभा बस्ने भएको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ट होटल प्रालि, रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी तीन जना र सर्वसाधारणतर्फबाट तीन जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

त्यस्तै,  गत वर्षको मुनाफाबाट कम्पनीले कुल ८ प्रतिशत लाभांश प्रस्ताव पनि गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने संकेत गरेको कम्पनीले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत गराउनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । जस अनुसार पुस २ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स