स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यस अवधिको तुलनामा १२४.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा लघुवित्तले ३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा बढेसँगै संस्थाको नाफा बढेको हो।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६५.२२ प्रतिशतले बढेर २७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस अवधिमा यस्तो आम्दानी १६ करोड ६५ लाख रुपैयाँमात्र थियो। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ०.८५ प्रतिशतले घटेर ५.०४ प्रतिशतमा सीमित भएको छ। यता इम्पेयरमेन्ट चार्ज भने २८ करोड ७६ लाख रुपैयाँबाट बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७४ पैसाले बढेर २६.२३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ।संस्थाको चुक्ता पूँजी ११ करोड ७१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा संस्थाको जगेडा कोषमा २६ करोड ७३ लाख रुपैयाँ संचित छ।
कम्पनीले आइतबार सेबोनबाट अनुमति पाएपछि १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ। एफपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।













प्रतिकृया