उपकार लघुवित्त बोलायो साधारण सभा, के-के छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३० गते
उपकार लघुवित्त बोलायो साधारण सभा, के-के छन् प्रस्तावहरु

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २४ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बाँकेमा रहेको होटल सेन्टर प्लाजामा बिहान ११ बजेदेखि साधारण सभा सुरु हुने जनाएको छ ।

सभामा संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभिने-गाभ्नेसम्बन्धि प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।यस्तै, आर्थिक वर्ष २०८०-८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आव २०८०-८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु लगायतका संलग्न अनुसुचीहरु समेत पारित गर्ने प्रस्ताव छ । कम्पनीले यसपटक लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।

साथै, कम्पनीले आव २०८१-२०८२ को लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिने प्रस्ताव राखेको छ ।साधारण सभा प्रयोजनका लागि संस्थाले पुस ८ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स