किन बढ्यो उपकार लघुवित्तको नाफा ?

किन बढ्यो उपकार लघुवित्तको नाफा ?
Advertisement Ads

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ३ करोड ४२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ५१ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।

इम्पेयरमेन्ट चार्ज उल्लेख्य रुपमा घटेका कारण लघुवित्त नाफामा पुगेको हो।

चौथो त्रैमाससम्ममा उपकार लघुवित्तको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १५ करोड ५४ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी २२.८१ प्रतिशतले बढेर १७ करोड ९४ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज ६ करोड ४० लाख रुपैयाँबाट घटेर १ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ।

लघुवित्तको खराब कर्जा अनुपात २.७२ प्रतिशतबिन्दुले बढेर ४.८५ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ४० करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस्तै, ९२ करोड ३६ लाख रुपैयाँ सापटी लिएको विवरणमा उल्लेख छ।

Advertisement Ads

लघुवित्तको चुक्ता पूँजी १० करोड ६१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २६ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.०७ गुणा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

ULBSL https://bajarkochirfar.com/why-did-upkar-microfinances-profits-increase | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स