हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दै उपकार लघुवित्तको साधारणसभा सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दै उपकार लघुवित्तको साधारणसभा सम्पन्न
AdvertisementAds

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ। कोहलपुरस्थित केन्द्रीय कार्यालयको आयोजनामा होटल सेन्ट्रल प्लाजामा सम्पन्न सभाले वित्तीय विवरण स्वीकृत गर्नुका साथै हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

संस्थाकी अध्यक्ष शान्ति देवी ढकालको अध्यक्षतामा सम्पन्न सभाले हकप्रद सेयर जारी गर्न आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित नियामक निकायसँग समन्वय गर्ने निर्णय गरेको हो।

सभामा मातृ संस्था महिला मञ्चकी अध्यक्ष चन्द्रकला न्यौपानेले उपकार लघुवित्तले हालसम्म गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र सेवामुखी रूपमा अघि बढ्न सुझाव दिइन्। उनले महिला उपकार मञ्च सधैं संस्थाको साथमा रहने प्रतिबद्धता समेत जनाइन्।

यस्तै, सर्वसाधारण सेयरधनी डिल्लेश्वर कार्कीले लघुवित्त संस्थाहरूले हाल विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि कर्मचारीहरूले पुर्‍याएको योगदानको उचित मूल्यांकन हुनुपर्ने धारणा राखे।

सभामा अध्यक्ष ढकालले संस्थाको समग्र प्रगति, वित्तीय अवस्था तथा आगामी योजनाबारे जानकारी गराउँदै संस्थालाई अझ सुदृढ, पारदर्शी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स