उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/२०८१ को चौथो त्रैमासिक सम्मको वित्तीय विवरण सार्वजानिक गरिसकेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले १ करोड ४५ लाख खुद नाफा कमाएको छ।
यस्तो छ कम्पनीको प्रमुख वित्तीय सूचकको परिदृश्य:
खुद नाफा: कम्पनीको अघिल्लो वर्षको अषाढ मसान्त सम्म खुद नाफा २ करोड बढी ऋणात्मक थियो जुन गत आर्थिक वर्षको सोहि अवधिमा बढेर १ करोड ४५ लाख पुगेको छ।
सञ्चालक मुनाफा: कम्पनीको सञ्चालक मुनाफा पनि अघिल्लो वर्ष २ करोड ७१ लाख घाटामा थियाे जुन गत आर्थिक वर्ष बढेको छ जसकारण कम्पनीको मुनाफामा सुधार देखिएको छ।
खराब कर्जा अनुपात: अघिल्लो आर्थिक वर्षको तुलनामा गत अषाढ मसान्त सम्ममा कम्पनीको खराब कर्जा अनुपात घटेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खराब कर्जा अनुपात ४.०४ प्रतिशत थियो जुन गत आर्थिक वर्ष घटेर ३.०३ प्रतिशत आएको छ।
रिजर्भ: कम्पनीको रिजर्भको आकार बढेको छ। अघिल्लो अषाढ मसान्त सम्ममा कम्पनीको रिजर्भमा ८ करोड ६७ लाख थियो जुन ३.७९ प्रतिशतले बढेर गत वर्षसम्म ८ करोड ९९ लाख पुगेको छ।
वितरणयोग्य मुनाफा: असार मसान्तसम्म आइपुग्दा कम्पनीको वितरणयोग्य मुनाफा ६ लाख ४१ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
प्रतिसेयर आम्दानी: असार मसान्त सम्ममा कम्पनीको प्रति सेयर आम्दानी ५.८९ र प्रतिसेयर नेटवर्थ भने १३६.१९ रूपयाँ रहेको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया