कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचन प्रचारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको आरोपमा स्थानीय माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले गाडी नियन्त्रणमा लिएका छन्।
शुद्धोधन गाउँपालिका–१ मा उपनिर्वाचन प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद गिरिधारीलाल न्यौपानेसहित एमाले नेताहरू सवार गाडीलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाइएको हो।
अहिले उक्त गाडी इलाका प्रहरी कार्यालय पकडीमा राखिएको छ। लुम्बिनी प्रदेशको विशेषाधिकार समिति सभापति समेत रहेका न्यौपानेले प्रयोग गर्दै आएको बा १२९७ नम्बरको सरकारी गाडीमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेलसहितका नेताहरू प्रचारप्रसारका लागि गइरहेका थिए।
उपनिर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन भएकाले आज विभिन्न दलहरूले प्रचारलाई व्यापक बनाएका छन्। आज राति १२ बजेबाट मौन अवधि सुरु हुने छ।















प्रतिकृया