SHAREHUBSHAREHUB

प्रधानमन्त्री शाहले आज संसदमा पहिलोपटक सांसदका प्रश्नको जवाफ दिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र १० गते
AdvertisementAds
प्रधानमन्त्री शाहले आज संसदमा पहिलोपटक सांसदका प्रश्नको जवाफ दिने
AdvertisementAds

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्दैछ।

प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक नियमानुसार संसद्को प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्। सांसदहरूले लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको माग गर्दै आएका थिए।

आजको बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिनुका साथै मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि बैठकमा प्रस्तुत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स