SHAREHUBSHAREHUB

भोटेकोशी बाढीको विपद्मा सरकारलाई विपक्षी दलको साथ, सबै एकजुट भएर लाग्ने प्रतिबद्धता

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र १० गते
AdvertisementAds
भोटेकोशी बाढीको विपद्मा सरकारलाई विपक्षी दलको साथ, सबै एकजुट भएर लाग्ने प्रतिबद्धता
AdvertisementAds

 भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को सामना गर्न सरकारलाई विपक्षी दलका नेताले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभाका विपक्षी दलका नेता भिष्मराज आङ्दाम्वेले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बैठकमा आङ्दाम्वेले विपद्को समयमा पक्ष–विपक्षभन्दा माथि उठेर सबै एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने धारणा राख्दै सरकारले तत्काल सक्रियता देखाएकोमा धन्यवाद व्यक्त गरे।

बैठकमा भोटेकोशी बाढीबाट अहिलेसम्म भएको क्षतिबारे विवरण प्रस्तुत गरिएको थियो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रूपमा परिचालित हुन सम्बन्धित सबै निकायलाई निर्देशन दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स