राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको छ। प्रवक्ता मनिष झाका अनुसार बैठकमा मुख्य रूपमा स्थानीय तहका उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुनेछ।
त्यसैगरी महाधिवेशन कार्यविधि तथा संसदीय दलको विधान संशोधनसम्बन्धी विषयहरू पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ। समसामयिक राजनीतिक तथा संगठनात्मक विविध विषयमा समेत छलफल हुने बताइएको छ।
बैठकलाई महत्वपूर्ण मान्दै सभापति रवि लामिछानेले सबै सचिवालय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।



















प्रतिकृया