धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड का सञ्चालक समिति राष्ट्र बैंकको कारबाहीमा परेका छन्। संस्थाले नियमविपरीत निर्णय गर्दै कर्मचारीलाई बहाल नरहेको अवधिको रकमसमेत भुक्तानी गरेको पाएपछि नेपाल राष्ट्र बैंकले सञ्चालकहरूलाई सचेत गराएको हो।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार संस्थाको सञ्चालक समितिले कर्मचारी सेवा विनियमावली, २०८० को व्यवस्था विपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गरेको पाइएको छ।
यस्तै, स्पष्ट आधार र कारणबिना संस्थामा बहाल नरहेको अवधिको रकमसमेत भुक्तानी गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले अध्यक्ष सिर्जना थापा तथा सञ्चालकहरू सुमनप्रसाद श्रेष्ठ, जीवन आचार्य, शालिकराम शर्मा, चेतप्रसाद सापकोटा, गणेश पौडेल र रेशमलाल सापकोटालाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम अबदेखि यस्ता कार्य नगर्न सचेत गराइएको हो।

प्रतिकृया