धौलागिरी लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

धौलागिरी लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
Advertisement Ads

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २२ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले बागलुङस्थित धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरिनेछ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि टुंग्याइने कम्पनीले जनाएको छ।

यस वर्ष कम्पनीले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। साथै, मर्जर तथा प्राप्ति प्रक्रियामा जाने योजना अघि बढाउँदै त्यससम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार वैशाख ९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

dhaulagiri laghubitta agm scheduled notice 1775370249386 https://bajarkochirfar.com/dhaulagiri-microfinance-has-called-a-general-meeting-what-are-the-proposals | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स