शिक्षक आन्दोलन चर्कियो: सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल, एसईई नतिजामा ढिलाइ हुने



Advertisement
Ads

नेपाल शिक्षक महासंघले शिक्षकहरुको आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सबै शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन्।

सोमबारदेखि शुरु हुने हडतालमा देशभरका सबै विद्यालय बन्द गरिनेछ जनाएको छ। यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुन महासंघले आग्रह गरेको छ। महासंघले यो आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्न सबै शैक्षिक सरोकार पक्ष—विद्यार्थी, अभिभावक, र शैक्षिक संस्थाहरूसँग अनुरोध गरेको छ।


Advertisement

नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्ने माग गर्दै माघ २० गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको छ। आन्दोलनको क्रममा, सरकारसँग औपचारिक संवादको प्रस्ताव अस्वीकार गर्दै महासंघले काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ।

यसका कारण विद्यालयका शैक्षिक गतिविधि र एसईई उत्तरपुस्तिका परीक्षणमा प्रभावित भएका छन्। शिक्षा मन्त्रालयले वार्ता र संवादका लागि आह्वान गरे पनि महासंघले त्यसलाई अस्वीकार गरेको छ।

अहिले एसईई परीक्षा सम्पन्न भइसकेको छ र उत्तरपुस्तिका संकलन भइरहेको छ। शिक्षक आन्दोलन जारी रह्यो भने, एसईईको उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुन सक्ने शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर