स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन १८) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरका १ लाख ९५ हजार ७७३ कित्ता सेयर प्रतिसेयर १०० अंकित दरमा जारी गरेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। एफपीओ निष्काशन छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गतेसम्म खुला रहनेछ।
एफपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ। यस प्रक्रियाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया