स्वाभिमान लघुवित्तको प्रतिसेयर आम्दानी ४२ रुपैयाँले बढ्यो, नाफा कति ?

स्वाभिमान लघुवित्तको प्रतिसेयर आम्दानी ४२ रुपैयाँले बढ्यो, नाफा कति ?
Advertisement Ads

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ८१९.०८ प्रतिशतले बढेर ७ करोड २४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७८ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज २ करोड १० लाख रुपैयाँ रिभर्स हुनु, खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानी उल्लेख्य वृद्धि हुनु, र खराब कर्जा अनुपात घट्नु नाफा बढ्नुको मुख्य कारण हो।

चौथो त्रैमाससम्ममा स्वाभिमान लघुवित्तको खुद ब्याज आम्दानी ८६.४३ प्रतिशतले बढेर २० करोड ५१ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ७३.९६ प्रतिशतले बढेर २३ करोड ५८ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज २ करोड २८ लाख रुपैयाँबाट घटेर १ करोड १० लाख रुपैयाँ ऋणात्मक भएको छ।

लघुवित्तको खराब कर्जा अनुपात ३.१५ प्रतिशतबिन्दुले घटेर ४.२० प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी २ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Advertisement Ads

१५ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको वितरणयोग्य नाफा ६ करोड ३ लाख रुपैयाँ र जगेडा कोषमा १३ करोड ३९ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ७६ पैसाले बढेर ४७ रुपैयाँ १५ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात (PE Ratio) ३८.३८ गुणा रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३२ पैसा रहेको छ। साथै, लघुवित्तको आधार दर (Base Rate) १३.८३ प्रतिशतबाट घटेर ११.११ प्रतिशतमा झरेको छ। ब्याजदर अन्तर (Interest Rate Spread) भने ८.७५ प्रतिशतमा पुगेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

SMFBS 2 https://bajarkochirfar.com/swabhiman-laghubittas-earnings-per-share-increased-by-rs-42-what-is-the-profit | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स