माघ मसान्तसम्म सूर्यज्योति लाइफले गर्यो ४९ करोड दाबी भुक्तानी

माघ मसान्तसम्म सूर्यज्योति लाइफले गर्यो ४९ करोड दाबी भुक्तानी
Advertisement Ads

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा १,३९९ दाबीबापत ४९ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीले सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी दिँदै माघ महिनामा मात्र १४७ दाबीबापत ५ करोड २३ लाख रुपैयाँ भुक्तानी गरिएको उल्लेख गरेको छ। ‘हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ’ नारासहित कम्पनीले बीमितको दाबी भुक्तानी प्रक्रिया सहज बनाउँदै आएको जनाएको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद बिमा शुल्क आर्जन १९.८३ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ, भने कुल आम्दानी १९.३५ प्रतिशतले बढेर ७ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ रहेको छ र अन्य इक्विटीमा ४५ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।

479683230 1044221667735420 491698617458012766 n https://bajarkochirfar.com/suryajyoti-life-has-paid-claims-worth-rs-490-million-by-the-end-of-magh | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स