मंसिर २९ गतेसम्म सेयरधनी बने पाइन्छ कालिञ्चोक दर्शन लिमिटेडको लाभांश, कति दिदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २५ गते
मंसिर २९ गतेसम्म सेयरधनी बने पाइन्छ कालिञ्चोक दर्शन लिमिटेडको लाभांश, कति दिदैछ ?

कालिञ्चोक दर्शन लिमिटेडको लाभांश सुरक्षित गर्ने मंसिर २९ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार मंसिर २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरि कुल ५.०२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस १५ गते आफ्नो ११औँ वार्षिक साधारणसभा  काठमाडौंको पिंगलास्थानस्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजे बोलाएको छ।

सभाले लाभांश पारित गर्ने र बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १:१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। साथै, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अधिकार प्रदान गर्ने प्रस्ताव, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स