सप्तकोशी डेभलपमेन्ट बैंकको नोक्सानी घट्यो, अन्य सूचक कस्ता ?



Advertisement
Ads
सप्तकोशी डेभलपमेन्ट बैंक चालु आर्थिक वर्षको दास्रोे त्रैमासमा २ करोड ९९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ९१ लाख रुपैयाँ नोक्सान बेहोरेको थियो। खराब कर्जा केही घटेपछि यस वर्षको नोक्सान कम भएको हो।
Advertisement

यसअवधिमा बैंक करिब ३ करोड सञ्चालन घाटामा रहेको छ । बैंकको खुद ब्याज आम्दानी भने ५७.५१ प्रतिशतले बढेर १० करोड ९६ लाख रहेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा ५४ करोड २८ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा १४.१६ प्रतिशतबाट घटेर ११.४२ प्रतिशतमा झरेको छ ।


Advertisement

बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष भने ९ प्रतिशतले बढेर २८ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १७ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ९३ पैसा मात्र छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर