सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ९६.१० प्रतिशतले बढेको हो। गत वर्ष यसले १० करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी भने २.९७ प्रतिशतले घटेर ९१ करोड ९२ लाख रुपैयाँ पुगेको छ, गत वर्ष यसले ९४ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो। बैंकको सञ्चालन नाफा ९५ प्रतिशतले वृद्धि भएर २८ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
साथै, बैंकको खराब कर्जा ०.१० प्रतिशतले बढेर ४.९९ प्रतिशत पुगेको छ। बैंकको नाफा र राम्रो प्रदर्शनसँगै प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ६२ पैसाले बढेर ११ रुपैयाँ ४६ पैसा पुगेको छ। यसको प्रतिसेयर नेटवर्थ १५०.७१ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ र जगेडा कोषमा १ अर्ब ४८ करोड रुपैयाँ जम्मा गरिएको छ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा २५ करोड २५ लाख रुपैयाँ रहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया