साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। पुस मसान्तसम्म कम्पनीले ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको ३ करोड ५८ लाख रुपैयाँको तुलनामा १.२६ प्रतिशतले कम हो।
बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा गिरावट देखिएको हो। चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीको बिक्री आम्दानी ३१.५५ प्रतिशतले घटेर ४ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो रकम ६ अर्ब ६९ करोड रुपैयाँ थियो।
यता कम्पनीले वित्तीय लागतलाई २२ करोड ६४ लाख रुपैयाँबाट घटाएर २ करोड ८८ लाख रुपैयाँमा झारेको छ। त्यसैगरी कर्मचारी खर्च १७ करोड ५० लाखबाट घटेर १५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ भने प्रशासनिक खर्च पनि १० करोड ३८ लाखबाट घटेर ७ करोड ६० लाख रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २२ रुपैयाँ ५ पैसामा झरेको छ भने प्रति सेयर नेटवर्थ ३८४ रुपैयाँ ३० पैसा रहेको छ।
३२ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड रुपैयाँ सञ्चित छ।


















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)
प्रतिकृया