त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपीडी (बहिरङ्ग) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार भोलि असार १५ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गत ओपीडी सेवा पुनः सुरु हुनेछ।
अस्पतालका अनुसार स्वास्थ्य बिमा सेवाका लागि ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म बिमा टिकट काउन्टरबाट वितरण गरिनेछ।
स्वास्थ्य बिमा सेवासम्बन्धी थप जानकारी वा कुनै समस्या भएमा स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न अस्पताल प्रशासनले आग्रह गरेको छ।
अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा आएपछि बीमित नागरिकलाई उपचार सेवा प्राप्त गर्न थप सहज हुने विश्वास व्यक्त गरेको छ।













![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया