एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ८८९ प्रतिशतले बढेर ६७ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६ करोड ७८ लाख रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी ९०० प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको कुल खर्च केही मात्र बढेर ११ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ५.५५ रुपैयाँबाट बढेर ५२.२३ रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २५०.१५ रुपैयाँ, तरलता अनुपात ४.४५ प्रतिशत र मूल्य आम्दानी अनुपात ४३.६४ गुणा कायम भएको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)


प्रतिकृया