instainsta

इष्टर्न हाइड्रोपावर घाटाबाट नाफामा, गत वर्षको नाफा ९६ लाख

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
इष्टर्न हाइड्रोपावर घाटाबाट नाफामा, गत वर्षको नाफा ९६ लाख
AdvertisementAds

इष्टर्न हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ९५ लाख ८७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३७ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी १५.५० प्रतिशतले बढेर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको कुल खर्च १.९५ प्रतिशतले बढेर ५ करोड ४५ लाख रुपैयाँर पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ रहेको छ भने रिजर्भ १६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.५५ रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ७३.०७ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स