दोब्बरले बढ्यो नेशनल लघुवित्तको नाफा, ईपीएस ३५ रुपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
दोब्बरले बढ्यो नेशनल लघुवित्तको नाफा, ईपीएस ३५ रुपैयाँ
AdvertisementAds

नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेर ४७ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी ४४.६० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यस्तै संचालन आम्दानी  बढेर १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

चौथो त्रैमाससम्म संस्थाको निक्षेप संकलन २३.२३ प्रतिशतले बढेर ६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २४ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात ३.६९ प्रतिशतबाट बढेर ४.११ प्रतिशत पुगेको छ।

संस्थाको चुक्ता पूँजी १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ रहेको छ। चौथो त्रैमाससम्म वितरणयोग्य मुनाफा ४४ करोड १ लाख ८३ हजार रुपैयाँ रहेको छ। यस्तै, संस्थाको रिर्जभमा १ अर्ब ४९ करोड ६ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १८.३९ रुपैयाँले बढेर ३५.६० रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.३३ गुणा र तरलता अनुपात २०.३० प्रतिशत कायम भएको छ।

AdvertisementAds

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स