सूर्योदय वोमी लघुवित्तको नाफा १४३ प्रतिशतले बढ्यो, खराब कर्जा घटेर ४.७०% मा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
सूर्योदय वोमी लघुवित्तको नाफा १४३ प्रतिशतले बढ्यो, खराब कर्जा घटेर ४.७०% मा
AdvertisementAds

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, संस्थाको खुद नाफा १४३ प्रतिशतले बढेर १३ करोड ८२ लाख ४४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी २४.०८ प्रतिशतले बढेर ८१ करोड ४२ लाख ६१ हजार रुपैयाँ पुगेको छ। कम्पनीको संचालन  आम्दानी ९३ करोड ३० लाख रुपैयाँ रहेको छ।

लघुवित्तको खराब कर्जा अनुपात ६.११ प्रतिशतबाट घटेर ४.७० प्रतिशतमा आएको छ। यस अबधिमा संस्थाले ५ अर्ब ५२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरि ११ अर्ब ९२ करोड १ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ।

चौथो त्रैमाससम्म वितरणयोग्य मुनाफा ७ करोड ६८ लाख ९६ हजार रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ ११ करोड ३ लाख रुपैयाँ र रिजर्भ ३९ करोड २ लाख रुपैयाँ संचित छ।

समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १२.५० रुपैयाँ रहेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १४५.२५ रुपैयाँ, तरलता अनुपात ८.२७ प्रतिशत, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६०.८० गुणा र बेस रेट १३.३७ प्रतिशत रहेको छ।

AdvertisementAds

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स