सूर्योदय वोमी लघुवित्तले बनायो लगानीकर्तालाई निराश, यस वर्ष लाभांश नदिने
सूर्योदय वोमी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै लाभांश नदिने भएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय वर्ष २०८१/८२ का वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार, राष्ट्र बैंकबाट प्राप्त हुने कुनै संशोधन, सुझाव वा निर्देशन समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतको लागि पेश गरिनेछ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारण सभा बोलाउनेछ।





