instainsta

सूर्योदय वोमी लघुवित्तले राख्यो संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २८ गते
सूर्योदय वोमी लघुवित्तले राख्यो संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ५६ हजार ४३५ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

संस्थापक सेयरधनी किशोरी थापाले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न संस्थामा निवेदन दिएपछि कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनुपर्ने व्यवस्था भएकाले हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा आवश्यक कागजातसहित आवेदन दिनुपर्ने संस्थाले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स