मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ३६२.५२ प्रतिशतले बढेर १० करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको कुल आम्दानी ८.३४ प्रतिशतले घटेर १५ करोड ९३ लाख रुपैयाँ सिमित भएपनि, सञ्चालन आम्दानी ८.४६ प्रतिशत बढेर ७१ करोड ४१ लाख पुगेको छ भने कुल आम्दानी ४७.२१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको कुल खर्च १४.५५ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १५ करोड ४२ लाखबाट घटेर १३ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।
चौथो त्रैमाससम्म कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ६ करोड ३२ लाख रुपैयाँ रहेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११.२५ रुपैयाँले बढेर १४.३६ रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ९३.८० रुपैयाँबाट बढेर १०९.०३ रुपैयाँ पुगेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया