गुराँस लघुवित्तको नाफा बढ्यो, कारण यस्तो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १९ गते
गुराँस लघुवित्तको नाफा बढ्यो, कारण यस्तो ?

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, संस्थाको खुद नाफा ४२.५७ प्रतिशतले बढेर १ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि भएकाले नाफा बढेको हो। पहिलो त्रैमासमा गुराँस लघुवित्तको खुद ब्याज आम्दानी ३६.७२ प्रतिशतले बढेर ४ करोड २९ लाख रुपैयाँ पुगेको छ। संचालन नाफा ३९.४९ प्रतिशतले बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ।यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी ३ लाख २४ हजार रुपैयाँ रहेको छ।

गुराँस लघुवित्तको खराब कर्जा अनुपात ०.०३ प्रतिशत बिन्दुले घटेर ३.१३ प्रतिशतमा सीमित भएको छ। समीक्षा अवधिमा संस्थाले ४९ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त रिजर्भको आकार १८.६१ प्रतिशतले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ लाख ९२ हजार रुपैयाँ रिभर्स भएको छ। पहिलो त्रैमाससम्म वितरणयोग्य मुनाफा ६४ लाख २२ हजार रुपैयाँ रहेको छ।

गुराँस लघुवित्त को प्रतिसेयर आम्दानी १४.९४ रुपैयाँले बढेर ५०.०३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७२.१८ रुपैयाँ रहेको छ। त्यसैगरी, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९२४.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.३० गुणा र तरलता अनुपात ७.७७ प्रतिशत रहेको छ।

GLBSL 4 https://bajarkochirfar.com/gurans-laghubitta-profits-increased-why-is-this | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स