instainsta

अपर सोलु हाईड्रोको नाफा ८४५% ले बढेर ११ करोड ३२ लाख पुग्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
अपर सोलु हाईड्रोको नाफा ८४५% ले बढेर ११ करोड ३२ लाख पुग्यो
AdvertisementAds

अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ८४५.१५ प्रतिशतले बढेर ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी ७.२६ प्रतिशतले बढेर ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ। यस्तै, वित्त खर्च २८ करोड ३८ लाख रहेको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५५.५० गुणा र तरलता अनुपात ०.९६ प्रतिशत कायम भएको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स