अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले नवौं साधारण सभा बोलाएको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको नवौं साधारण सभा पुस १६ गते आयोजना हुनेछ । सभा भगवतिवहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन।
सभामा सञ्चालक समितिका प्रतिनिधिले गर्ने बैठक भत्ता अनुमोदन गर्ने र संस्थापक समूहका ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया