अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले ६ महिनामा कमायो १४ करोड नाफा

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले ६ महिनामा कमायो १४ करोड नाफा

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७०.६९ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले नाफा ८ करोड ३९ लाख रुपैयाँ कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढ्नु र वित्तीय खर्चमा कमी आउनुले कम्पनीको नाफा सुधारिएको हो। कम्पनीको विद्युत बिक्री आम्दानी ६.०७ प्रतिशतले बढेर ४५ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च २०.२२ प्रतिशतले घटेर १५ करोड रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.७९ रुपैयाँले बढेर २१ रुपैयाँ २२ पैसा पुगेको छ। भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ९५ पैसा रहेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स