मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा १०९.९२ प्रतिशतले बढेर २ करोड ७३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य घटेर १६ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी १६ करोड २५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ७ करोड ४८ लाख रुपैयाँ छ भने वित्तीय खर्च ६ करोड ७७ लाख रुपैयाँबाट घटेर ४ करोड ७५ लाख रुपैयाँमा सीमित हुँदा ह्रासकट्टी खर्च ७ लाख रुपैयाँ रहेको छ।
८० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मोलुङ्ग हाइड्रोको रिटेन्ड अर्निङ १५ करोड रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३.४० रुपैयाँ कायम भएको छ भने कम्पनीको नेटवर्थ ८०.०७ रुपैयाँ रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया