मोलुङ हाइड्रोपावर लिमिटेडमा कुल ५३ लाख ५१ हजार ७० कित्ता सेयरको लकइन अवधि आगामी फागुन १८, २०८२ मा समाप्त हुँदैछ। यसमा संस्थापकले धारण गरेका ४४ लाख ९४ हजार, आयोजनास्थल प्रभावित स्थानीयका ८ लाख २ हजार ५००, र कम्पनीका कर्मचारीसँग रहेका ५४ हजार ५७० कित्ता सेयर समावेश छन्।
कम्पनीले सार्वजनिक निष्काशन (आईपिओ) मार्फत सेयर बाँडफाँड गरेपछि, संस्थापक र कर्मचारीहरूले ती सेयर ३ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था राखिएको थियो। लकइन अवधि समाप्त भएपछि संस्थापक र कर्मचारीहरूले आफ्नो सेयर बिक्री गर्न सक्नेछन्, तर कम्पनीका संचालक र उच्च व्यवस्थापनले भने सेयर बिक्री गर्न पाउने छैनन्।













![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)




![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया