एनएमबि बैंक लिमिटेडले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि एनएमबिले पुस ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्। बैंकले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । त्यस्तै, बैंकले १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड इकाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले अग्राधिकार सेयरका लगानीकर्तालाई ८.२५ प्रतिशत लाभांश दिने जनाएको छ।












![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया