एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न भएको हो।
सभामा सहभागी सेयरधनीहरूले बैंकका विभिन्न गतिविधि तथा उपलब्धिबारे आफ्ना धारणा व्यक्त गर्दै विविध विषयमा छलफल गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
त्यसैगरी, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिँदै २८३.६५ अर्ब रुपैयाँ निक्षेप संकलन र २४३.३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण पनि सार्वजनिक गरेको छ।

















प्रतिकृया