एसएलसी पास भएकाहरुलाई एनआईसी एशिया बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

एसएलसी पास भएकाहरुलाई एनआईसी एशिया बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

एनआईसी एशिया बैंकले विभिन्न शाखाहरूमा “गोल्ड टेस्टर” पदका लागि इच्छुक तथा योग्य उम्मेदवारहरूलाई आव्हान गरेको छ। बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ रोड–विशाल बजार, कमलादी, चाबहिल, बानेश्वर, त्रिपुरेश्वर, पुल्चोक, सातदोबाटो, बौद्ध, समाखुशी, भक्तपुर र कर्पोरेट अफिस शाखाहरूमा र उपत्यकाबाहिर बनेपा, नारायणगढ, हेटौडा, धरान, दमक, विराटनगर, इटहरी, जनकपुर, बीरगञ्ज, लहान, बर्दिवास, पोखरा, नवल रोड पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, तुल्सिपुर, सुर्खेत, धनगढीजस्ता स्थानहरूमा पदपूर्तिका लागि कुल ३१ कर्मचारी आवश्यक रहेको छ।

सो पदमा नियुक्तिका लागि उम्मेदवारले न्यूनतम विद्यालय परीक्षा (एसएलसी) उत्तीर्ण हुनु अनिवार्य छ भने सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव वा मान्यताप्राप्त संस्था/एजेन्सीद्वारा प्रमाणित गोल्ड टेस्टर हुनुपर्नेछ। उमेर १८ वर्षभन्दा कम र ४५ वर्षभन्दा बढी नहुनुपर्ने शर्त राखिएको छ।

गोल्ड टेस्टरको मुख्य जिम्मेवारी गोल्डको शुद्धता र वास्तविकता परीक्षण गर्नु, मूल्यांकन सुनिश्चित गर्नु र गोल्ड लोन प्रक्रियाका लागि सही मुल्याङ्कन गर्न सहयोग गर्नु रहेको छ। यस पदमा अभिलेख राख्ने, परीक्षण प्रक्रिया अनुसार काम गर्ने, शाखा कर्मचारीसँग समन्वय राख्ने र बैंकका मापदण्ड अनुसार कार्य गर्नुपर्नेछ।

योग्यता र अनुभव सम्बन्धी कागजात पेश गर्न उम्मेदवारलाई बोलाइनेछ। मात्र शॉर्टलिस्ट भएका उम्मेदवारहरूलाई आगामी छनोट प्रक्रियाका लागि बोलाइनेछ। बैंकले कुनै पनि आवेदन अस्वीकार गर्ने अधिकार सुरक्षित राखेको छ। आवेदनको अन्तिम मिति २०७५ मंसिर १५ (१ डिसेम्बर २०२५) रहेको छ। इच्छुक उम्मेदवारहरूले career.nicasiabank.com मार्फत आवेदन दिन सक्नेछन्।

Notice for gold tester 3 X 16 Corrected page 0001 https://bajarkochirfar.com/nic-asia-bank-has-opened-a-job-opening-for-slc-passers-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स