नेष्डो समृद्धले माग्यो सीईओ, योग्यता कति चाहिन्छ ?

नेष्डो समृद्धले माग्यो सीईओ, योग्यता कति चाहिन्छ ?
Advertisement Ads

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिसम्बन्धी विनियमावली, २०७४ को विनियम ५ (ख) अनुरूप आवश्यक योग्यता तथा अनुभव पूरा गर्नुपर्नेछ। मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकान्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरी, बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा सम्बन्धित संघ-संस्थामा अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा तीन वर्षको अनुभव आवश्यक छ।

वान्छनीय योग्यताअन्तर्गत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको कार्यकारिणी वा व्यवस्थापकीय तहमा कम्तीमा १० वर्षको अनुभव, उच्च सम्पर्क तथा समन्वय क्षमता, लघुवित्त क्षेत्रका समस्याहरूको सामना एवं समाधान गर्न प्रतिवद्धता, साथै स्थलगत कार्य सम्पादन गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्छ। तलब तथा अन्य सुविधाहरू आपसी समझदारीका आधारमा निर्धारण गरिनेछ। इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित आगामी वैशाख ४ गतेभित्र तोकिएको माध्यमबाट आवेदन दिनुपर्नेछ।

nesdo notice 3x12 Final page 0001 https://bajarkochirfar.com/nesdo-samriddhi-asks-for-ceo-what-qualifications-are-required | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स