दुई कम्पनीको लाभांश पाउन आजै सेयर किन्नुपर्ने, कुनले कति दिँदैछ लाभांश?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
दुई कम्पनीको लाभांश पाउन आजै सेयर किन्नुपर्ने, कुनले कति दिँदैछ लाभांश?

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (फागुन २७ गते) अन्तिम दिन रहेको छ। सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

सिटिजन लाइफ इन्स्योरेन्सले  लाभांश वितरणका लागि भोलि फागुन २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहने सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले कुल २८.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसमा २६.९८४१ प्रतिशत बोनस सेयर र १.४२०२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी चैत १५ गतेकाठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे  वार्षिक साधारण सभा बोलाएको छ।

नेष्डो लघुवित्तले  लाभांश वितरणका लागि भोलि फागुन २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहने सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले कुल १५  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसमा १४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी चैत १० गते रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा  बिहान ११: ३०  बजे वार्षिक साधारण सभा बोलाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स